२ पुस, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक डेभ वाट्मोर नियुक्त भएका छन् ।
श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि दिलाएका वाट्मोर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस्तै क्यानले जनरल म्यानेजरमा रौनक मल्ललाई नियुक्त गरेको छ । रमेशकुमार न्यौपानेलाई चिफ फाइनान्स अफिसरमा नियुक्त भएका छन् भने राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको छ ।
श्रीलंकामा जन्मिएका वाटमोरले अस्ट्रेलियन टीमबाट १९७९ मा डेब्यु गरेका थिए। खेल करियरमा भन्दा पनि प्रशिक्षकमा रुपमा उनी सफल देखिए। उनी प्रशिक्षक रहँदा श्रीलंकाले १९९६ को विश्वकप जितेको थियो। सन् १९९० यता श्रीलंका, बंगलादेश, पाकिस्तान जस्ता हेविवेट टिमहरुलाई सम्हालिसकेका छन्। सन् २०१४ मा जिम्बावेका प्रशिक्षक बनेका उनलाई सन् २०१६ को वर्ल्ड ट्रफीमा कमजोर प्रदर्शन पछि उनी त्यहाँको प्रशिक्षकबाट हटाइएको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले आज एक विज्ञप्ति निकाल्दै ह्वाटमोरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो।












