१ पुस, काठमाडौं । पछिल्लो समय टिकटकको चक्करमा अहिलेका युवा पुस्ताहरुले सामाजिक सञ्जालमा आफुलाई चर्चित बनाउनको लागि अनेक गल्ति गरिरहेका हुन्छन् भने कसैले माया प्रेम गरेका हुन्छ ।
अहिले यस्तै एक नेपाली किशोरी भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी छिन्। १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् ।
उनको १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको मोवाइलमार्फत उनको लोकेसन र फेसबुकमार्फत गतिविधिलाई नजिकबाट नियालेका थिए ।
साथै, युवतीलाई बिहे गर्ने भन्दै बोलाउने महेश सिलोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । ती युवकलाई प्रहरीले मानव बेचविखनको आरोपमा पक्राउ गरेको हो ।












