१ पुस, खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ ।
सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताउनुभयो ।
रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
[sidebar name="button post"]











