Ad #144479

आज मुख्य समाचारमा

जनताको सुरक्षाका लागि पालमुनि बसेर सुरक्षा दिँदै सशस्त्र

३० मंसिर,गलकोट। विसं २०७५ मा मन्त्रिपरिषद्को निर्णयले सबै जिल्लामा सशस्त्र प्रहरी बल पुर्याउने भन्यो । बागलुङमा यसअघि सशस्त्र प्रहरी बल थिएन । विशेषगरी सीमा सुरक्षा, विपद् व्यवस्थापन, शान्ति सुरक्षा र दङ्गा व्यवस्थापनमा सक्रिय हुँदै आएको सशस्त्र प्रहरीलाई देशका सबै जिल्लामा पुर्याउने निर्णयपछि बागलुङमा दुई वर्षअघि मात्रै सशस्त्र प्रहरी बल आएको थियो ।

९१ लाखको गहुँको बीउ बिक्री भएन

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडामा रु ९१ लाख बराबरको गहुँ बीउ विक्री नभई थन्किएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ ।

‘नेपालमा कोरोना महामारीको दोस्रो लहर आउन सक्ने’ विज्ञको चेतावनी

कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्रयाइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्रयाइँ नगर्न विज्ञहरूको आग्रह छ ।

पर्यटक भिसामा गृह मन्त्रालयकाे मनपरी निर्णय

गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा ‘भिसा’को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष ‘२०२१’का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई नेपाल बसिरहेकै अवस्थामा पुनः पर्यटक भिसा दिन मिल्दैन।

तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।

नेपाल चलचित्र संघद्वारा पुस १० गते हल खोल्ने घोषणा

पाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ। संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु एच ओको सुरक्षा मापदण्ड अपनाइ चलचित्र घरहरु सञ्चालन गर्ने बताएको छ।

बालिका बलात्कार आरोपितलाई आठ वर्ष कैद

क बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले सोमबार आठ वर्ष कैद सजाय गरेको छ ।

तराईमा मंसिरमै चिसो, वृद्धवृद्धा र स–साना नानीहरूको जनजीवन कष्टकर

महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर निगल्दो नै चिसोको कहर बढेको छ । विगत वर्षहरूमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा यसपालि भने मंसिरकै अन्तिम सातामा ह्वात्तै बढेको हो । गत आइतबार एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर पश्चिमी वायु लगातार बहिरहेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईमा जनजीवन अत्यन्त कष्टकर बनेको छ ।

सभामुख नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित

संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटा नगएपछि संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । बैठकबारे समन्वय नभएको, पूर्वतयारी नभएको तथा गृहकार्य नपुगेकाले सभामुख सापकोटा बैठकमा नगएका हुन् ।

नेकपाभित्रकाे शक्तिसंघर्षले संवैधानिक परिषद बैठक प्रभावित

पछिल्लाे समय नेकपाभित्र भइरहेकाे शक्तिसंघर्षले संवैधानिक परिषद्को बैठकमा असर परेकाे छ । पार्टीभित्रको विवाद चर्किरहेकै वेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान परिषद्को बैठक बोलाएका थिए ।

राजसंस्था वकालतका क्रममा कसले के भन्छ मलाई चिन्ता छैन : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणका लागी राजसंस्थाको वकालत गरेको दाबी गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

संबैधानिक परिषदमा गणपुरक संख्या पु¥याउन प्रधानमन्त्री केपी ओलीलाई हम्मेहम्मे परेपछि उनी अध्यादेश ल्याएरै भएपनि आफ्नो अभिष्ट पूरा गर्ने निश्कर्षमा पुगेकाछन् ।  यस प्रयोजनका लागि ओलीले अहिले भर्खरै आकस्मिक रुपमा मन्त्रिमपरिषदको बैठक डाकेकाछन् ।

सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग ‘बिबिएल’ क्रिकेट खेल्न आज अष्ट्रेलिया उड्नु भएको छ । उहाँ तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लाग्नुभएको हो ।

राष्ट्रपतिद्वारा पशुपतिनाथ मन्दिरमा क्षमासहित विशेष पूजा

भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गर्नुभएको छ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गर्नुभएको हो ।

अब ओलीको ध्यान संसदीय दलको प्रमुख सचेतकमा

नेपाल कम्युनिष्ट पार्टीका एक नम्बरी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले संसदीय दलको प्रमुख सचेतक रहेका  देव गुरुङको राजीनामा मागेका छन । पार्टी भित्र जस्तो सुकै समस्यामा परेको देखिएपनि ओली त्यसको परबाह नगरी आफूखुसी अगाडि बढ्ने मनस्थितिमा छन् ।

गृहले किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्ने

सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ। मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो।

विना छलफल ल्याइएको अध्यादेश खारेज गर्नुपर्ने प्रचण्डकाे माग

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपाभित्र थप विवाद चर्कने सम्भावना देखिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विना छलफल ल्याइएको अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले रेडियो नेपाललाई पुरानै गरिमामा फर्काउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले आज आयोजना गरेको दीर्घसेवा पदक वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले संस्थालाई प्रतिस्पर्धीरुपमा अघि बढाउन कार्यरत सबै पक्षलाई आग्रह गर्नुभयो ।

आज कति थपिए कोरोना भाइरस संक्रमित ?

पछिल्लो २४ घण्टामा देशभर थप ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।नेपालमा मंगलबार स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।