२८ मंसिर, काठमाडौं । बर्षौदेखि बक्यौता नपाएपछि उखु किसानले माइतीघरबाट आन्दोलन शुरु गरेका छन् । आइतबार उनीहरुले माइतीघरमा आएर आन्दोलन शुरु गरेका हुन् । गएको बर्ष आन्दोलनपछि बक्यौता भुक्तानी गर्ने सहमति भएपनि उखु मिलले सहमतिअनुसार भुक्तानी नदिएपछि उनीहरुले आन्दोलन शुरु गरेका हुन् ।
गएको बर्ष पनि यस्तै बेला उनीहरुले आन्दोलन गरेका थिए । आन्दोलनपछि सरकारले चिनी उद्योगबाट उखु खरिदको बक्यौता भुक्तानी गराउने आश्वासन दिएको थियो । तर त्यो आश्वासन भने आश्वासनमै सिमित भयो । केही किसानले बक्यौता पाएपनि धेरै किसानले भने बक्यौता रकम पाएनन् ।
जसकारण उनीहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । माइतीघरमा उनीहरुले प्रदर्शनका क्रममा किसान मार्न पाइदैन, यस्तो सरकार चाहिदैन, बिर्कोमा लाको चिनीमा कसरी पस्यो माफिया लगायतका नारा लगाएका थिए । उखु किसानको आन्दोलनमा पनि माफियाको चलखेल भएकाले किसानले बक्यौता नपाएको उनीहरुको गुनासो छ ।












