एजेन्सी। शरीरमा रहेका जोर्नीका हड्डी, कुरकुरे हड्डी, स्नायुलगायत अन्य अवयवमा कुनै असर पर्नगएमा जोर्नीकोदुखाई महसुस हुन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई आरथ्राइटिस भनिन्छ ।
तर कतिपयले हाडजोर्नीलाई खासै महत्व दिएका हुँदैनन् र समस्या आएपछि पनि धेरै बिरामी समयमा अस्पताल पुग्दैनन् ।उमेर बढ्दै गएपछि पनि हाडजोर्नीका समस्याहरु आउँछन् ।
जस्तै जोर्नी खिइने समस्या शरीरको सबै जोर्नीमा हुन सक्छ । तीमध्ये पनि घुडा खिइने, हिपको जोर्नी र मेरुदण्डको जोर्नी खिइने समस्या धेरै देखिने समस्या हो, जसले शरीरको भार थामेको हुन्छ ।
- हाडजोर्नी उमेरको आधारमा पनि देखिने समस्या हो ।
- हाडजोर्नीका समस्याहरु वंशाणुगत रुपमा समेत हुन्छन् ।
- पोषण नपुगेको बालबालिकाहरुमा हाड तथा जोर्नीको इन्फेक्सन हुने, हड्डी नै किटाणुको संक्रमणले खाइदिने समस्याहरु पनि हुन सक्छ ।
- उमेर बढ्दै जाँदा जोर्नी बीचको कार्टिलेज कुसन लचिलो र चिल्लो बनाइराख्ने लुब्रिकेन्ट्स कम हुने।
- शरीरलाई भिटामिन डि मिल्छ र नियमित शारीरिक व्यायामको अभावमा समेत जोर्नीमा समस्या हुनसक्छ ।
- मदिरा र धुम्रपानको सेवनले समेत जोर्नीलाई नोक्सान पुग्छ ।
- शरीरलाई बढि मात्रामा आरामदायी जीवनशैलीमा राख्नु हुदैँन र शरीरमा बल पर्ने काम र श्रममा लगाउनु पर्दछ ।
- मेरुदण्डको कुरा गर्नुहुन्छ भने युवा अवस्थामा मेरुदण्डको जोर्नीको डिक्स चिप्लीएर नसा च्यापिने समस्याहरु पनि छन् ।











