एजेन्सी । चिप्ले भिन्डी सबैको भान्सामा पाक्ने तरकारी हो । यो खानामा निकै स्वादीलो हुृन्छ । तर कतिपयलाई भने यो मन पर्दैन । चिप्ले भिन्डी (लेडी फिङ्गर) खादा हाम्रो स्वास्थ्यमा फाइदा हुने गर्दा छ ।
तर चिप्ले भिन्डीको सेवनले चिलाउने होइन् यसमा भएको बहुगुणी पोषणले शरीरलाई अत्यन्त धेरै फाइदा पुर्याउँछ । चाहे सागसब्जीको कुरा गरौं वा फलफूलको, मौसम अनुकूल सेवन गर्नु लाभदायक हुन्छ ।
चिप्ले भिन्डी(लेडी फिङ्गर)खादाँ शरीरमा निकै धेरै फाइदा:
हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपार्इंलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ । भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ । भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।








