चिया पिउने व्यक्तिका लागि खुसीको खबर

धेरै चिया पिउने व्यक्ति कम चिया पिउनेको तुलनामा काममा धेरै फोकस हुने तथा क्रियटिभ हुने गर्छन् । चिया पिउनाले एकाग्रता बढ्ने खोजबाट पत्ता लागेको छ । धेरै चिया पिउने व्यक्तिमा मानसिक स्पष्टता समेत राम्रो हुने गरेको रिसर्चबाट पत्ता लागेको छ । चिया पिउनाले मानिसमा क्रिएटिभिटी बढ्न जान्छ ।मनोवैज्ञानिकहरुको टीमले ५० जना विद्यार्थीमा यसको रिसर्च गरेका हुन् ।

रिसर्चमा सहभागी विद्यार्थीको उमेर २३ साल थियो । आधा विद्यार्थीलाई पिउनका लागि चिया दिइयो भने आधालाई चिया ।चिया धेरै पिउने गर्नुहुन्छ ? प्रायजसो चिया धेरै पिउने मान्छेलाई सल्लाह दिने गरिन्छ कि धेरै चिया पियो भने बिमार भइन्छ, कम गर ! खासगरेर चियामा क्याफिन र थियनाइन उपलब्ध हुन्छ । जसले मानषिक अलर्टनेस बढाउने गर्छ ।

फूड क्वालिटी एण्ड प्रिफरेन्स जर्नलमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार एक कप चिया पिएपछि कुनै पनि व्यक्तिले आफ्ना मानषिक चुस्तता महसूस गर्न सक्छन् ।

[sidebar name="button post"]