एजेन्सी । धेरै देशहरु जनसंख्या धेरै भएकै कारण समस्या झेलिरहेका छन् । तर विश्वमा यस्ता देश पनि छन् जहाँ धेरै कम जनसंख्या छन् । कुनै देशले जनसँख्या बढाउन चहाँछन् भने कुनैले घटाउन ।
त्यसतै अहिले दक्षिण कोरियाको सरकारले केही उपाय जारी गरेको छ, जसमध्ये एक उपाय हो, धेरै बच्चा जन्माउनेलाई सरकारी जागिर दिने ।
यहाँ धेरै बच्चा जन्माउनेलाई सरकारी जागिर दिने नियम बनाइएको छ । यस्तै अन्य देशमा पनि बच्चा जन्माउन का लागि विभिन्न नियम बनाउने गरिन्छ । धेरै देशहरु पहिले बढाउन तिर लाग्छन् र पछि घटाउनतिर लाग्छन् ।
नियम कानुन परिर्वतन गरीरहने देश मध्ये एक दक्षिण कोरिया पनि हो । त्यहाँ सरकारले नै जनसख्या बृद्धि गर्ने उपाय सार्वजनिक गरेको छ । कोरियाको सरकारले प्रजनन समस्या सम्बन्धि जुनसुकै समस्यालाई पनि आर्थिक सहायता गर्ने पनि बताएको छ ।
यो सहायता कोरियन सरकारले सबै वर्गका मानिसहरुलाई गर्ने भएको छ । यस योजना मार्फत प्रत्येक व्यक्तिहरुलाई सरकारले ६० हजार रुपैयाँ दिनेछ । समाचार अनुसार १९६०को दशकपछि दक्षिण कोरियामा नयाँ बच्चा जन्मदरमा गिरावट आएकोले सरकारले आवश्यक जनसख्याको परिपुर्तिको लागि करोडौ खर्च गर्न लागेको हो ।








