एजेन्सी । वास्तुशास्त्रका अनुसार तपाईले आफ्नो सिरानीमूनि यी कुरा राखेर सुत्दा तपाईको विपत्ति दुर हुन्छ । र जीवनमा नयाँ ढोकाहरु खुल्नेछन् । यसअर्थ आजै राम्रो कामको सुरुवात किन नगर्ने ?
कहिलेकाँही मानिसहरुको जीवनमा धेरै समस्या एकैपटक निम्तिन सक्छन् । तर उनीहरुलाई थाहा हुँदैन कि यसको पछाडिको कारण के हो ? यस्तो अवस्थामा त्यस्ता समस्या समाधानको लागि वास्तुशास्त्रको साहारा लिनु उचित हुने ज्योतिष शास्त्रीहरु बताउँछन् ।
मानिसहरुको जीवन पद्धतिका विषयमा शास्त्रमा उल्लेख गरिएको हुन्छ । शास्त्रलाई मान्ने हो भने तपाईको जीवनमा आउने बाधा व्यवधान सहज रुपमा हटाउन सकिन्छ ।वास्तुशास्त्र अनुसार सुत्ने कोठा :
-सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।
-सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।
-आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।
-दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यदी यसरी सुत्नुभयो भने धेरै बिमारी लाग्न पाउँदैनन् ।
-पति–पत्नीबीचको सम्बन्धमा छटपट छ भने मंगलबारको राति मुङको दाललाई कुनै हरियो रंगको कपडामा बाधेर सिरानीमुनि राखेर सुत्नुहोस् र विहान उठेर उक्त कपडा कुनै कन्यालाई दान गनुस् वा दुर्गा मन्दिरमा चढाउनुहोस् ।
-राति सुतेको समयमा सिरानी मुनि गीता हुनु राम्रो हुन्छ ।
-कतिपयले हनुमान चालिस राख्न पनि सुझाएको पाईन्छ ।
-तामाको भाँडामा पानी राखेर विहान उठ्नासाथ उक्त पानी पिउनुहोस् । बचेको पानीलाई कुनै गमलामा हाल्नाले तपाइको मनोकामना पूरा हुन्छ ।
-लसुनमा हुने भोल्टाइल तेलको गन्धले शरिरमा गर्मी पैदा गर्छ । यसले रुघा तथा सर्दीको समस्या हटाउँछ ।
-फलामजन्य उपकरण तपाईको सिरानीमा फलामजन्य उपकरण राख्नुहोस् ।
-सिरानीमुनी फूल राख्दा पनि राम्रो हुन्छ ।








