मंसिर २८ गतेदेखि मनकामना मन्दिर खुल्ने, बलि दिन नपाइने

२३ मंसिर, काठमाडौं । काेराेना भाइरस महामारीका कारण गत चैत्र महिनादेखि बन्द मनकामना मन्दिर मंसिर २८ गतेदेखि खुल्ने भएकाे छ ।  मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले भाइरस  कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर र मन्दिरसम्म पुग्ने केवुलकार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ८ गतेबाट मन्दिर र केवुलकार बन्द गरिएको थियो । संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाएर मन्दिर सञ्चालन गरिने भएकाे छ ।

काेराेना जाेखिम उच्च रहेकाले अहिलेलाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् । मन्दिर बाहिरैबाट दर्शन गर्नेुपर्ने छ  । साथै भक्तजनले ल्याएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था गरिने समितीले जनाएकाे छ ।

मन्दिरमा बिशेष पूजाआजा नहुने र पशुपन्छीको बलि पनि चढाइन नपाइने भएकाे छ । मन्दिर खुलेकै दिनदेखि केवुलकार पनि सञ्चालन हुने भएपछि आवश्यक मर्मत संभारको काम सुरु भएको भएकाे छ । केवलकारमा स्वास्थ्य सुरक्षा मापदण्डका लागि ‘स्टाण्डर अपरेसन प्रोसिजर  निर्माण गरिएको छ ।

यसअघि एउटा कारमा ६ जना यात्रु हुनेभएपनि अब तीन जना मात्र राख्न पाइने छ । मास्क र सेनिटाइजरका साथै केवुलकारको मुख्य प्रवेशद्धारमा थर्मलगनबाट यात्रुहरुको ज्वरो नाप्ने व्यवस्था समेत गरिने भएकाे छ ।

[sidebar name="button post"]