बिहे गर्नका लागि तिन महिना तालिम पास गर्नुपर्ने

एजेन्सी । विवाह दुई व्यक्तिहरू मध्य (प्राय: एक पुरुष र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासंगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।

यसबाहेक बिहेका लागि कुनै परीक्षा नै पास गर्नुपर्ने नियम दुनियामा कतै सुनिएको छैन । तर इण्डोनेसियामा भने बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ ।

सन् २०२० देखि प्री-वेडिङ कोर्स निःशुल्क रुपमा सञ्चालन गर्ने योजना बनाएको इण्डोनेसिया सरकारले बताएको छ ।
इण्डोनेसियाको मानव विकास तथा संस्कृति मन्त्रालय, धार्मिक मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा यो पाठ्यक्रम तयार पारेका हुन् ।

ताकि वैवाहिक जीवनका समस्याहरुलाई सहजै हल गर्न सकियोस् र दाम्पत्य जीवनका समस्याकै कारण सम्बन्ध नटुटोस् भने यो ३ महिनाको तालिम पास गर्नुपर्ने हुनेछ ।

[sidebar name="button post"]