२३ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ। प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।
उनलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले हत्या गर्नेहरूको खोजी गरिरहेको छ । श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक थिए । शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ । प्रहरी टोली अहिले घटनास्थलतर्फ गइरहेको छ ।
[sidebar name="button post"]









