२४ घण्टा यता नेपालमा कति थपिए कोरोना संक्रमित ?

२२ मंसिर काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ।

सोमबार १ हजार ६ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित छन् भने ५ सय २७ जना क्वारेन्टिनमा छन्।

[sidebar name="button post"]