विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने

२२ मंसिर, विराटनगर । विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने भएका छन् । कोरोना महामारीका कारण बन्द रहेका विराटनगरका विद्यालय पुस २ गतेदेखि खुल्ने भएका हुन्।

विराटनगर महानगपालिकाले कोरोना जोखिम कम भएको निष्कर्ष निकाल्दै पुस २ गतेबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार विराटनगरमा बिहान र दिउँसोको कक्षा सञ्चालन गर्ने  भएकाे छ । कोरोना महामारीका कारण ११ चैतयता विद्यालयले भौतिकरुपमा कक्षा सञ्चालन गर्न पाएका छैनन् ।

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ६ हजार ८८३ छ । पछिल्लो समय संक्रमण निरन्तर घट्दो क्रममा रहेको मेयर पराजुलीले बताए । कोरोना संक्रमणको चेन ब्रेक भएको बताउँदै उनले सतर्कताका साथ विद्यालय सञ्चालन गरिने निर्णय भएको बताए ।

[sidebar name="button post"]