धेरै मान्छेलाई अझै पनि कुखुराले पार्नि अण्डा केमा पर्छ भनि अझै पनि थाहा छैन। कतै साहाकारी भनेर खाइएको पाइएको छ भनि कतै मांसाहारी भनेर खाइएको पाइएको छ।
कुखुराको फूल बिशिस्ट संरचनाबाट बनेको हुन्छ जस भित्र कुखुराको शरीर बाहीर भ्रुणको बिकाश हुन्छ । प्रकृतिले फूल भित्रनै विकसित हुँदै गरेको भ्रुणको लागी चाहिने सवै खाले खाद्य सामाम्रीको व्यवस्था गरेको हुन्छ ।
फूलको बाहिरी र भित्रि झिल्ली हुने गर्दछ । दुई वा तीन तह वा बढी एकै खाले असंगठीत एक आपसमा गासिएका गुथिएका प्रोटिनका रेसाको संजालबाट बनेको हुने गर्दछ । यी झिल्ली धेरै पातलो त हुने गर्दछन् तर पनि एकदम कठोर र बलियो हुने गर्दछन् । यी झिल्लीहरु एवं बोक्रा मिलेर फूलको भित्रि भागको सवल सुरक्षा गर्दछन् ।
फूलपार्ने वेलामा फूलमा कुनै वायु कोषिका हुँदैन । फूल भित्रको सामाग्रीहरुले फूलको बोक्रा पुरै ओगटेको हुन्छ । कुखुराको शरीरमा फूल करीव ४० डिग्री सेन्टीग्रेण तापक्रममा रहेको हुन्छ । फूल पारी सकेपछि या क्रमस कम तापक्रममा उजगार भइरहेको हुन्छ ।
फूलको सेतो झिल्ली एलवुमेन , सफा पारदर्शी बेरँग चिपचिपे भाग पहेलो दाग सहितको हुने गदर्छ । सामान्य तया फलमा वाक्लो सेतो र तरल सेतो गरी यस्को प्रष्ट दुइ भाग हुने गर्दछ । अलवेमेनले कूल फूलको ५८ प्रतिशत तौल ओगट्छ जसमध्ये ३४ प्रतिशत बाकलो र बाँकी पातलो सेतो भागले लिने गर्दछ ।
योक फूलको पहेलो भाग अबलुमेन भीत्र संलग्न भएको पहेलो सामाग्री मानिन्छ । यो फूलको महत्वपूणै भाग मानिन्छ। यस्मा बिकशीत हुदै गरेको भ्रुण तथा चल्ला कोरेली सकेपछिको केही दिनका लागी चाहीने महत्वपूर्ण पोषक तत्व हुने गर्दछ ।
यस्ता खाले फूलमा प्रजनन कोषिकाहरु भालेको शुक्रकिट सँग समागम भई निषेचित भएको हुन्छ । यो निषेचन प्रकृया फूल पार्ने २५ घण्टा पहले हुने गर्दछ । ओथारोमा राखेको २–३ दिन पछि उर्वर फूल पहिचान गर्न सकिन्छ जव फूलमा प्रकाश पठाई जाँच गर्दा विकसित हुँदै गरेको भ्रुण प्रष्ट देखिन्छ । यो खैरो बोक्रा भएको फूलमा भन्दा सेतो वोक्रा भएको फूलमा सजिलै छुट्याउन सकिन्छ । यसरी अब हामी प्रष्ट हुन सक्छौं। कुन फूल साहाकारी श्रेणीमा प¥यो कुन मांसाहारीमा आजका व्यापारीक व्यावसायीकले पालन यसै सिद्धान्तमा आधारित छन्
बाझो बतासे फूलमा पोथीको प्रजनन नामीक भालेको शुक्रकिटाणु सँग समागम भई निषेचित भएको हुँदैन । यस्ता फूलहरु चल्ला उत्पादन गर्न असक्षम हुने गर्दछन् र निष्प्राण फूल मानिन्छन् । बतासे फूलमा अनुकूलतम ओथारोका बातावरण हुदा हुदै पनि जनन भ्रुण कोषिकाको बिकाश हुदैन ।
यदि बाझो बतासे फूल उत्पादन गरीने हो भने पोथी सँग भाले मिसाएर राखिनु हुन्न नत पोथीलाई कृत्रिम गर्भाधान गराउनु पर्छ । कहिले काही कृत्रिम गराएको कुखुराको बथानमा वा भाले लगाएकोमा पनि केहि प्रतिशत फूल बतासे बाझो हुने गर्दछन् । यसैले यस्ता फूललाई शाकाहारी भनिन्छ ।








