मोइस्चराइजिङ क्रिमको मुख्य काम भनेकै छालामा भएको नरमपनालाई ‘लक’ गरेर छालाको नरमपनालाई यथावत राख्नु हो । छालाको नरमपना रहेमा छाला फुट्ने, छाला निस्कने तथा पोल्ने समस्या कम हुने भएकोले पनि मोइस्चराइजिङ क्रिमको सही तरीकाले प्रयोग गर्न जरुरी छ । प्रत्येक मानिसको छाला भिन्नाभिन्नै किसिमको हुन्छ ।कुनै पनि व्यक्तिले मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पहिले छालाको प्रकार अनुसार राम्रो खालको मोइस्चराइजर क्रिमको छनौट गर्नुपर्छ ।
मोइस्चराइजरको प्रयोग गर्दा छालालाई विशेष ध्यान दिनु पर्छ ।मोइस्चराइजर लगाउने सही समय भनेको नुहाए पछि हो ।उदाहरणको लागि यदी छाला चिल्लो छ भने ओयल फ्रि वा सामान्य मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ । त्यस्तै, सामान्य प्रकारको छालामा सामान्य तथा सुख्खा छालामा ओयल बेस्ड मोइस्चराइजरको प्रयोग गर्नु पर्दछ ।हात मुखको सरसफाई पश्चात्त मोइस्चराईजर क्रिम प्रयोग गर्नाले उक्त क्रिम छालाको भित्री भागसम्म पुगेर छालालाई नरम बनाउँछ ।
फोहर तथा मैलो हातमा मोइस्चराइजर लगाउनाले पिम्पस हुन सक्दछ ।मोइस्चराईजरमा एसपीएफ प्रपर्टी भएमा यो छालाको लागि निकै राम्रो मानिन्छ छालालाई सुर्यको हानीकाकरक विकिरणबाट सुरक्षा प्रदान गर्दछ ।मोइस्चराईजर क्रिमलाई अनुहार बाहेक घाटी , हात तथा खुट्टा समेत लगाउन सकिन्छ ।छालालाई नरम एवं मुलायम बनाइराख्नका लागि जरुरी छ, मोइस्चराइजिङ ।








