२२ मंसिर, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे । टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
खेलको १३ औं मिनेटमा सनले गोल गर्दै टोटेनहमलाई १-० को अग्रता दिलाएका थिए । केनको पासमा सनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै टोटेनहमलाई २-० को जित दिलाए । केनको गोलमा सनले पास उपलब्ध गराएका थिए ।
जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ । आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
[sidebar name="button post"]









