एजेन्सी। टेलिभिजनको प्रत्यक्ष समाचार वाचनमा कहिलेकाहीँ निकै अप्ठेरा तथा अनौठा घटनाहरु आउँछन् ।
युक्रेनमा एक महिला पत्रकारको टेलिभिजनमा समाचार वाचन गरिरहेको बेला एउटा दाँत फुस्किएर हातमै झर्दासमेत सम्हालिएर समाचार पूरा गरेकी छन् । ती समाचार वाचिकाको नाम मारिच्का पाडाल्को हो ।
उनले उक्त घटनाको भिडियो आफ्नै इन्स्टाग्राममा अपलोड गरेकी छन् । उनको उक्त भिडियो सोसल मिडियामा भाइरल बनेको छ । धेरैको उनको प्रशंसा पनि गरेका छन् ।
आफू दाँत झर्दासमेत कुनै आश्चर्य नमानिकन स्वभाविक रुपमा समाचार पढिरहेको देख्दा उल्टै आफ्ना साथीहरु छक्क परेको र कतिपय साथीहरुले ‘तिमी त दिनहुँ आफ्नो दाँत झर्छजस्तो पो गर्यौ,’ भनेर भनेको समेत उनले लेखेकी छिन् । १० वर्षअघि आफ्नी छोरीले खेलाइरहेको घडी आफ्नो दाँतमा ठोक्किँदा कमजोर बनेको दाँत अहिले आएर समाचार पढिरहेको बेला खुस्किएको हो ।’
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :









