के तपाईं पिसाब पोल्ने समस्याबाट गर्सित हुनुहुन्छ ? अपनाउनुहोस् यी बिधि

एजेन्सी । पिसाब पोल्ने वा दुख्ने समस्या आम हो । पिसाबमा आएको खराबीले र पिसाबमा बढी एसिड भयो भने पोल्ने हुन्छ । खासगरी गर्मीको मौसममा पिसाब पोल्छ ।

शरीरमा पानीको मात्रा अपुग हुँदा पिसाब पोल्छ । मुत्र रोगले गर्दा पनि पिसाब पोल्ने हुन्छ । गर्भवती भएको समयमा महिलाहरुलाई बढी पिसाब पोल्छ । यद्यपी अरु थुप्रै कारण हुन्छ, जसले पिसाब पोल्ने र दुख्ने गर्छ ।

कारण
गर्मी समयमा कम पानी पिउने हुँदा र लामो यात्रा गर्दा पिसाब रोकेको बेलामा पिसाब पोल्छ । पुरुष महिला दुवैमा यो समस्या हुन्छ । पुरुषलाई पिसाबसँगै मुत्रनलीमा पिप आयो भने त्यो यौन रोग हो । तर महिलाहरुमा पिसाब पोल्नेबित्तिकै यौन रोग हुँदैन ।

तपाईलाई पिसाब पोल्ने र दुख्ने समस्याबाट बच्नको लागि अपनाउनुहोस् घरेलु बिधी :
नियमित गाजरको जुस पिउने गर्नुपर्छ । मनतातो पानी सेवन गर्नुपर्छ । दुधमा सुकुमेल, मिश्री पिउनुपर्छ । दुधमा मिश्रण बनाएर पिउदा पनि यो समस्याबाट मुक्ति हुन्छ। केहि दिनसम्म फिटकिरीमा थोरै पानी मिसाएर दिनमा दुई तीन पटक पिउनुपर्छ ।

[sidebar name="button post"]