सुनको मूल्य फेरि बढ्यो, तोलामा कति पुग्यो ?

१९ मंसिर, काठमाडौं । पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। शुक्रबार सुनको मूल्यमा ३ सयले बढेको छ। शुक्रबार छापावाल सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुन तोलाको ९२ हजार ४ सय ५० रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

[sidebar name="button post"]