के के छन् प्याज खानुका फाइदाहरू ?

काठमाडौं । प्रायः सबैको भान्सामा प्याजको प्रयोग हुन्छ । प्याजको प्रयोग तरकारीसंग मिसाएर खान वा सलादका रुपमा पनि प्रयोग गरिन्छ । हामीले प्याजको प्रयोग गर्दा त्यसको बाहिरि भाग अर्थात् सुक्खा भाग निकालेर प्याजको नरम भागलाई मात्र खाने गर्दछौं ।

तर तपाई हामीलाई थाहा नहुन सक्छ प्याजको बाहिरी पत्रले हाम्रो स्वास्थ्य र सौन्दर्यलाई कति फाईदा पुर्याउँछ भनेर । प्याज एक यस्तो सब्जी हो जसलाई सलाद र मसलाको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। यसका अलावा प्याज रोगप्रतिरोधी क्षमता बढाउन तथा तौल घटाउनका लागि पनि फाइदाजनक छ। प्याजले मुटु स्वस्थ राख्न मदत गर्छ।

यसले शरीरमा भिटामिनको पूर्ति गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ साथै अनुहारलाई सफा पनि राख्ने गर्दछ।

यस्ता फाइदा हुन्छन् :
– अनुहारमा हुने एलर्जीबाट राहत मिल्छ ।
– नियमित प्याजको सेवनबाट स्मरण शक्ति बढ्छ।
– काँचो प्याज खाँदा रुघाखोकीबाट बच्न सकिन्छ।
– सुगर रोगका बिरामीले नियमित प्याज खाँदा फाइदा हुन्छ।
– प्याजको रस अनुहारको छालामा लगाउँदा छाला सफा र सुन्दर देखिन्छ।
– प्याजको रसलाई कपालमा लगाउँदा फाइदाजनक हुन्छ।
– खोकी लागेको समयमा प्याज खादा खोकीबाट छुटकरा मिल्छ।
– नियमित प्याज खाँदा क्यान्सर रोगबाट टाढा रहन सकिन्छ।
– यसको सेवनबाट कब्जियतबाट मुक्ति मिल्छ।
– रक्तसंचारको मात्रालाई नियन्त्रित गर्छ।
– कोलेस्ट्रोललाई नियन्त्रित गर्छ।
– तपाईं कपाललाई राम्रो र चमकदार बनाउन विभिन्न किसिमका कन्डीस्नर प्रयोग गर्नु
हुन्छ तर अबबाट तपाई प्याजको पानी प्रयोग गर्न सक्नुहुनछ ।
– अनुहारमा भएका दाग हटाउन मदत गर्छ । अनुहारको दाग हटाउन प्याजको रसिलो भागलाई प्रयोग गर्नुपर्छ ।
यसको लागि तपाईंले प्याजको टुक्रामा बेसार मिलाएर दाग भएको ठाउँमा लगाउनु पर्छ ।
– घाँटी खराब भएको छ भने प्याजको प्रयोग गर्न सकिन्छ । यदी तपाईंको घाँटी खराब भएको छ भने प्याजलाई टुक्रा बनाएर तातो पानीमा उमाल्ने र उक्त पानीलाई पिउने, घाँटीमा भएका समस्याहरु प्याजको चियाले ठीक गर्दै लैजान्छ ।

[sidebar name="button post"]