एजेन्सी। चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ । गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ ।
तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ । टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन् ।
चाँया हटाउने केही सरल उपाय यस्ता छन्
१. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
२. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने।यो प्रक्रिया केही दिन लगातार गरेमा चाँया निको हुँदै जान्छ ।
३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
४. नुहाउनुभन्दा एक घन्टा अगाडि कागतीको रसले टाउको मालिस गरेमा चाँयाको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५. अन्य ब्यक्तिले प्रयोग गरेका ब्रस, तकिया, काईंयो सकेसम्म प्रयोग नगर्ने ।
६. अण्डा फुटाएर कपालमा राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट मुक्ति पाउन सकिन्छ ।
७. धूलो, धूँवा र अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ । जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र चाँया पर्ने सम्भावना कम हुन्छ ।
८. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।








