झुक्किएर पनि परफ्युमको प्रयोग नगर्नुहोस् शरीरका यी अंगहरुमा

एजेन्सी । घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ ।

परफ्युमको प्रयोगले व्यक्तित्वमा सकारात्मक प्रभाव पार्दछ। तर कतिपय अवस्थामा भने यसको गलत प्रयोगले स्वास्थ्यमा हानि पुग्न सक्छ। परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा लगाए यसले हानि पुर्याउँछ। शरीरका संवेदशील अंगमा केमिकलयुक्त परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ। तसर्थ निम्न अवस्थामा परफ्युमको प्रयोग गर्दा सर्तक रहनुहोला।

कानको पछाडि
सामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

कपालमा प्रयोग गर्नुअघि
कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।

काखीमूनी
कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ ।

हातमा लगाएर रगड्न हुँदैन
धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ ।

प्राइभेट पार्टको आसपास
यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।

नुहाउनेवित्तिकै
नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् ।त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।

कपडा र गहनामा लगाउँदा
महिलाहरु कपडा र गहनामा परप्mयुम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ ।

[sidebar name="button post"]