डा. गोविन्द केसी कोरोना संक्रमणमुक्त

१८ मंसिर, काठमाडौं । डा. गोविन्द केसी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा.केसी कोरोनामुक्त भएका हुन् । उनको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी छ ।

डा.केसीलाई केही दिनअघि गाह्रो भएपछि अस्पतालमा अक्सिजन लगाएर राखिएको थियो । कोरोनाकै कारण डा.केसीलाई निमोनिया समेत भएको थियो ।

तर समयमै सबै किसीमका उपचार शुरु गरिएकाले कुनै गाह्रो अवस्था भने आएन । डा. केसीलाई कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

[sidebar name="button post"]