एजेन्सी- सर्वगुण सम्पन करेलाको स्वाद तितो हुन्छ, यसै कारण कसैलाई करेला एकदमै मन पर्दछ त कसैलाई मन नै पर्दैन । तर, तपाईहरुलाई तितो करेलाको फाइदाका बारेमा थाहा नहुन पनि सक्छ ।
औषधिको रुपमा हेरिने करेला मानव शरीरका निकै फाइदाजनक छ । मानिसहरु गर्मीयाममा करेलाको तरकारी बढी खाने गर्दछन् । करेलाले घामबाट पनि बचाउने बताइन्छ ।
तीते करेलाको फाईदाहरु
– तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
– खाएको कुरा राम्ररी पचाउँछ ।
– पेटसफा राख्दछ ।
– पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
– कब्जियत हुन दिँदैन ।
– खानामा रुचि बढाउँछ ।
– रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
– करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सहयोग पुर्याउँछ । त्यसैले शरीरमा कफ जम्मा भएको खण्डमा करेला खाँनु फाइदाजनक मानिन्छ ।
– करेला शितल खाद्य सामग्री भएकाले गर्मी याममा करेला खानु लाभदायक मानिन्छ ।
–मधुमेह भएकाहरूलाई करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्दछ ।
– मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
– यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।











