Ad #144479

१७ मंसिर, काठमाडौं । पशुपति आर्यघाटमा अब दाउराबाट मेशिनमा राखेर शव जलाउन सकिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको उद्घाटन गरेका हुन् ।

पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावरणमैत्री शवदाह गृह मेसिन जडान गरेको हो । यसअघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा छ ।

कोरोनापछि यी शवदाह गृहमा संक्रमित भई निधन भएका व्यक्तिको मात्र शव जलाउने गरिएको छ । हिन्दु परम्पराअनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले दाउराबाटै शव जलाउने गर्छन् ।

पशुपतिमा स्थापना गरिएको आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने अपेक्षा कोषको छ ।