Ad #144479

कतिपय मानिसहरु मुखमा घाउ आउने समस्याबाट ग्रसित बनेका हुन्छन् । मुखमा घाउ आउँदा खाना खान मात्र नभई बोल्नसम्म गाह्रो हुने गर्दछ ।

मुखमा साना साना रातो घाउ जुन मुखभित्र, जिब्रो,गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाही गालाको छेउसम्म पनि घाउ हुन्छ । जसले गर्दा खान,बोल्न नै गारो हुन्छ । बिस्तारै यो घाउ गहिरी पनि हुदै जान्छ र दुख्ने,पोल्ने,ज्वरो आउने,घाटीको ग्रन्थि सुनिने,दुख्ने समस्या पनि देखिन्छ ।

मुखमा घाउ यी कारणले आउन सक्छन्:-
१. शरीरमा पोषणको कमि (भिटामिन बि,सी ,आइरन ,प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमि आदि) ले मुखमा घाउ हुन्छ ।
२. मुखको सरसफाई जस्तै ;खाना खाएर मुख कुल्ला नगर्नु, दात नामाझ्नु जस्ता सरसफाईको कमिले पनि घाउ निस्कन्छ ।
३. पेट सम्बन्धि रोगहरु कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त ,अपच र पानीको कमि भए पनि मुखभित्र खटिरा आउछ ।
४. मद्धपान,धुमपान,सुर्ती -पानमसला यो प्रयोग र ब्याक्टेरिया तथा फंगसको संक्रमण ले गर्दा पनि खटिरा आउने हुन्छ ।
५. बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपानले गर्दा पनि आउन सक्छ ।

यसका समाधान :
१.पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने ।
२.मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
३.पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने ।
४.बदाम भिजाएर खाने ।
५.मह घाउमा लपक्क लगाउने ।
६.निमको पात चपाउने वा निम मिलाइएको मन्जन्ले दात माझ्ने ।
७.हरियो सागपात तथा फलफुलहरु मजाले चपाएर खाने ।
८.जिरा वा खयर चपाउने यसरि पनि निको नभए चिकित्सकलाई देखाउने ।