विवाहको तस्वीर सामाजिक संजालमा अपलोड गर्दा जेल चलान

एजेन्सी । कोही व्यक्ति आफ्नो विवाह जस्तो पवित्र कार्यको तस्वीर सार्वजनिक गरेको कारण आज सम्म जेल पुगेको सुनेका छैनौं । तर, यस्तै घटना बेलायतमा भएको छ ।

बेलायमा एक जनाले विवाहको फोटो राखेपछि जेल जानु परेको छ । पहिलेकी श्रीमतिसँग सम्बन्ध बिच्छेद नगरीकन अर्कै महिलासँग विवाह गरेको पत्ता लागेपछि उनी जेल जानु परेको हो ।

बेलायतको कानुन अनुसार पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेमा जेल जानुपर्छ । त्यस्तै, ब्रिटेनका एक पुर्व सैनिक साइमन क्रुगिंग्टनले भोग्नु परेको छ ।उनले विवाहको तस्वीर फेसबुकमा अपलोड गरेका थिए, त्यसपछि उनलाई जेलमा थुनियो ।

साइमनले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेका थिए । फेसबुकमा विवाह गरेको फोटो पहिलो श्रीमती एलिजाबेथले देखिन् र सम्बन्ध विच्छेद नगरीकन दोस्रो विवाह गरेको भन्दै पतिविरुद्ध मुद्दा दिएकी हुन् । विवाहीत हुन् भनी थाहा पाएपछि दोस्रो श्रीमतीले पनि साइमनलाई छाडीदिइन् ।

साइमनले २०१४ मा एलिजाबेथलाई सम्पर्क गरेर सम्बन्ध बिच्छेद गर्न भनेका थिए । तर, एलिजाबेथले अस्विकार गरेकी थिइन् ।

[sidebar name="button post"]