डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस

१५ मंसिर, काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ‘एआईजी’ पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली २०७१ ‘संशोधन सहित’ को नियम २७ को उपनियम ‘४’ को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका डिआईजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।

[sidebar name="button post"]