१५ मंसिर, लमजुङ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् ।
[sidebar name="button post"]











