१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्र ढकालले विजयी शुरुवात गरेका छन् । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालको प्यानलबाट संस्थापक संघ तर्फका दामु अधिकारी सदस्यमा विजयी भएका हुन् ।
दामुले ७ मत ल्याएर जिते भने उनका निकटतम् प्रतिद्वन्द्वी उत्तमलाल चुकेले ५ मत ल्याए । निर्वाचन समितिका अनुसार यो निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्ऽकेसरी न्यौपानेले जानकारी दिए ।
बिहान आठ बजेदेखि भएको मतदान अपररान्ह ४ बजे सकिएपछि मतगणना सुरु भ्एको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा छन् ।
[sidebar name="button post"]









