११ मंसिर, काठमाडौं । बालिका हत्या प्रकरणमा क्रममा चर्किएको महोत्तरीको बर्दिबास आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका सञ्जय चौधरीको मृत्युका विषयमा सरकारले छानबिन शुरु गरेको छ ।
बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति गरेर अनुसन्धान शुरु गरेको हो । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये युवा बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको थियो । न्यौपाने र बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारलाई क्षतिपूर्ति दिने सहमतिमा आन्दोलन मत्थर भएको छ । तर कार्यान्वयनमा ढिलाई भए फेरि आन्दोलन गर्ने चेतवानी स्थानीयले दिएपछि गृह मन्त्रालयले सहमति कार्यान्वयनका लागि छानबिन समिति गठन गरेको हो ।
साथै पीडित परिवारलाई राहत दिने प्रक्रिया पनि सरकारले अगाडी बढाएको छ । पीडित, आन्दोलनरत पक्ष र प्रशासनबीचको छलफलमा दोषीलाई कारवाही गर्ने सहमति छ ।












