९ मंसिर, काठमाडौं। पछिल्लो केहिदिन देखि नेपाली बजारमा सुनको मूल्य घट्बढ भइरहेको छ। मंगलबार सुनको मूल्यमा १८ सयले घटेको छ।
तिहारपछि सुनको मूल्यमा लगातार गिरावट भएको छ। सोमबार ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ ।












