Ad #144479

काठमाडौं । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

ज्योतिषशास्त्रका अनुसार मानिसको साल,महिना,गते,जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ ।

कुन बार जन्मेका मानिसहरु कस्ता स्वभावका हुन्छन् र उनीहरुको चरित्रको विषयमा थाहा पाउन सकिन्छ। सोमबार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो हुन्छ:

१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
३. निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटाे निराश हुन्छन् ।
४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. सम्बन्धहरुले निकै महत्व राख्नेछ ।
६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र साेमबार जन्मने मान्छेकाे सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले तनाव दिने गर्दछ ।