एजेन्सी। लागुपदार्थ राखेको आरोपमा गिरफ्तार भएका भारतका चर्चित कमेडियन भारती सिंह र उनको पति हर्ष लिम्बाचियालाई एस्प्लेनेड अदालतले १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको छ।
नाराकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आईतवार कमेडियन भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियालाई अदालतले जेल पठाएको छ । सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा लागुपदार्थ सम्बन्धि अनुसन्धानले ठूलै लहरो समातिरहेको छ ।
अदालतले उनीहरुलाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा जेल पठाएको हो । भारती र हर्षको घरबाट एन्सीबीले ८६.५ ग्राम गाँजा फेला पारेको थियो ।उनीहरुसँग भएको १५ घण्टा लामो सोधपुछमा गाँजा सेवन गर्ने गरेको बताएका थिए ।
परिक्षण गराउदा डेंगूको लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएका हुन् । उनीहरु मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । दुवैजनालाई स्वास्थ्यमा सुधार नभएसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।
Maharashtra: A court in Mumbai sends comedian Bharti Singh (in pic) and her husband Haarsh Limbachiyaa to judicial custody in connection with the seizure of ganja from their residence.
They were arrested by the Narcotics Control Bureau (NCB). pic.twitter.com/rGtbjPIKUH
— ANI (@ANI) November 22, 2020












