७ मंसिर, काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षणमा लापरवाही गर्ने चार ल्याबलाई २४ घण्टे स्प्ष्टीकरण सोधेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेर लापरवाहीबारे स्प्ष्ट जवाफ माग गरेको हो ।
नेगेटिभ रिपोर्ट आएको नमुना एक महिनासम्म र पोजेटिभ आएको नुमना तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय उनीहरुले पालना नगरेको पाइएको छ ।
स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्याबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेर लापरवाही गर्नुको कारण माग गरेको हो ।












