Ad #144479

ज्योतिष शास्त्रका अनुसार जन्म समयको आधारमा कुनै पनि व्यक्तिको समय थाहा पाउन सकिन्छ । जन्मिएको समयका आधारमा व्यक्तिको चरित्र एवं स्वभावका बारेमा थाहा पाउन सकिन्छ । ज्योतिष शास्त्रका अनुसार दिनमा जन्मनेको मानिसको स्वभाव भन्दा रातमा जन्मनेहरूको फरक हुन्छ । रातमा जन्मनेहरू कस्ता हुन्छन् हेरौँ,

-रातमा जन्मनेहरू साहसी मात्र नभएर जोखिमपूर्ण काम गर्न अघि सर्ने खालका हुन्छन् ।
-राती जन्मने व्यक्ति कुनै पनि कामको थालनी गरेपश्चात त्यसलाई अधूरो छोड्दैनन् ।
-रातमा जन्मनेहरूको स्वभावमा आलस्य पन पनि हुन्छ । तर पनि काम गर्नुपर्दा एक हदको पागलपन नै देखाउन समेत पछि हट्दैनन् ।
-रातमा जन्मनेहरू भावनाले भन्दा बुद्धिले काम लिने खालका हुन्छन् ।
-रातमा जन्मनेहरू कुनै पनि काममा हार मान्दैनन् । अरूप्रति सहजै विश्वास गर्दैनन् ।
-राती जन्मनेहरू कम बोल्ने स्वभावका हुन्छन् तर यिनीहरूको मन सदैव अशान्त रहन्छ ।
-राती जन्मनेहरूको स्वभाव रिसाहा खालको हुन्छ ।
-राती जन्मनेहरूको महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
-यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुतामा नै सफलता हासिल गर्ने गर्दछन् ।
-घरजग्गा,भौतिक सम्पत्ती तथा प्राकृतिक स्रोत साधनको उपयोग मार्फत आफूलाई अब्बल सावित गर्दछन् ।