४ मंसिर, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बिहीबार थप १९ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै ५ जनाको काठमाडौंमा मृत्यु भएको छ ।
यस्तै कास्की र दाङमा तीन तीन जनाको मृत्यु भएको छ । सुनसरीमा २ जना, ललितपुर, भक्तपुर, धनुषामा एक एक जनाको मृत्यु भएको छ । यस्तै गुल्मी, लमजुङ र स्याङ्जामा एक एक जनाको मृत्यु भएको छ ।
पछिल्लो समय दैनिक संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढ्दो छ ।












