काठमाडौँ । पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल नायक तथा नायिका अनमोल केसी र सुहाना थापाको एक साथ अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ३’ (A Mero Hajur 3) सार्वजनिक भएको १३ दिन भइसको छ तर उक्त चलचित्र युट्युबको ट्रेन्डिङ नम्बर १ मा रहेको छ । अहिले यो चलचित्र ब्लकबस्टर भएको छ ।
चलचित्र सार्वजनिक भएको ९ घण्टामै युटुबको नम्बर १ ट्रेन्डिङमा आएको थियो । १३ दिनसम्म आइपुग्दा पनि अहिले युट्युबको शिर्ष स्थान पाएको छ भने अहिलेसम्म ट्रेन्डिङ १ मा जमाएर बसेको छ । उक्त चलचित्र अन्य चलचित्रलाई झन् च्यालेन्ज गरेको छ । प्रयाए ट्रेन्डिङ १,२,३, सम्म हिन्दी चलचित्र ट्रेन्डिङमा परेको हुन्थो अहिले शिर्ष स्थान रहेको छ ।
सार्वजनिक भएलगतै चलचित्रलाई दर्शकले निकै रुचाएका छन् भने यो चलचित्रले अन्य म्युजिक भिडियो र चलचित्रलाई फलप नै गरेको भन्दा त्यति फरक पनि नपर्ला । उक्त चलचित्र ८ करोड ९० लाख ९ हजार २ सय ९० भिवर्स आएको छ । यस फिल्मलाई २ लाख ८५ हजारले लाइक गरेका छन् भने २२ हजारले डिसलाइक गरेका छन् । सार्वजनिक भएको १३ दिनसम्म आइपुग्दा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ ।
चलचित्रको मुख्य भूमिकामा अनमोल र सुहानासँगै सलोन बस्नेत, सरोज खनाल, रबिन्द्र झा, रुपा घिसिंग, रक्षा गौतम, बिशाल पहाडीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
यो चलचित्रमा अनमोललाई फरक भूमिकामा देख्न सकिन्छ । उनी यो चलचित्रमा दोहोरो भूमिका निभाएका छन् । एक स्टार ‘प्रेम’ र अर्को घनश्याम एक गाउँको सोजो र गरिब परिवारको युवाको पात्र निभाएका छन् । दर्शकले निकै नै रुचाएको पात्र हो ‘घनश्या’ । उक्त पात्रबाट निकै राम्रो प्रतिक्रिया र नेपाली चलचित्रमा मेल खाने खालको भूमिका निभाउदा निकै खुसि भएको उनले एक अन्तबार्तामा भनेका छन् । आफुलाई अहिलेसम्मकै सबै भन्दा मन मरेको पात्र हो पनि भनेका थिए ।











