२४ घण्टामा ५०२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि

 २ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा ५०२ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

तीमध्ये २०४ महिला र २९८ पुरुष छन् । यस्तै काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ हजार २४७ जनाको ज्यान गएको छ । १ लाख ७९ हजार २४२ जना भने कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो समय संक्रमितको संख्या कम हुनुका पछाडी परीक्षण कम भएर हो ।

सरकारले नै पछिल्लो समय लक्षण देखिएका र गम्भिर प्रकृतिका बिरामीको मात्रै परीक्षण गर्ने गरेको छ । जसकारण दैनिक संक्रमण पुष्टि हुनेको संख्या कम हुदैँ गएको हो ।

[sidebar name="button post"]