१ मंसिर, काठमाडौं । नेपालमा थप १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । उनीहरुमध्ये १२३० जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९४३ जना संक्रमणमुक्त भएका हुन् ।
हाल देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित छन् । पछिल्लो समय संक्रमितसँगै घर फर्किनेको संख्या बढ्दो छ ।
[sidebar name="button post"]









