भाईटिकाको सामानका लागि बजारमा चहलपहल (फोटो फिचर )

कार्तिक ३०,काठमाण्डौ। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका लागि बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेकाे छ ।

कोरोना महामारीकै बीच पनि काठमाडौंका असन इन्द्रचोक, लगनखेल, कलंकी, बानेश्वर, काेटेशवर लगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका,फूलमाला लगायतका विभिन्न सरसामान किन्नेहरुको भीड देखिन्छ । यसवर्षको भाइटीका मंसिर १ गते परेको छ ।

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, फूलमालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रही आएको छ । काठमाण्डौको न्यूरोडमा खिचिएको तस्बिरहरु

फोटो प्रल्हाद अधिकारी

[sidebar name="button post"]