२९ कार्तिक, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण गरेर आज महाकविको जन्मजयन्ती मनाइएको छ । नेकपाका बौद्धिक नेता प्रदीप नेपाल र बाग्मति प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री रामेश्वर फुँयालले महाकवि देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाएका हुन् ।
मन्त्री फुँयालको घर पनि कागेश्वरी मनोहरा नगरपालिकामै हो । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. २ मा रहेको महाकवि देवकोटाको शालिकमा माल्यार्पण गरिएको थियो । माल्यार्पण गरेपछि मन्त्री फुँयालले महाकवि देवकोटाको साहित्य लेखनले नेपाली साहित्य नेपालभर लोकप्रिय बनेको बताए ।
साथै उनले आधुनिक पुस्ताको प्रेमलाई अमर राख्न मुदामदनजस्तो कृषि लेखेर आफूलाई जीवन्त राखेको पनि बताए । माल्यार्पण कार्यक्रममा मन्त्री फुँयालसँगै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापा, नेकपाका स्थानीय नेता लगायतको उपस्थिती थियो ।
फोटो गंगाराम बस्नेत











