अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टर नियन्त्रणमा

 नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’ मा अवैधरुपमा उत्खननमा संलग्न सात ट्याक्टरलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ को विनयी खोलामा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासबाट गएको टोलीले ती ट्याक्टर नियन्त्रणमा लिएको हो ।

नम्बर प्लेट हाल्न बाँकी ‘अन टेस्ट’ ट्याक्टर सहित सात ट्याक्टर मङ्गलबार मध्यरातमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’का सूचना अधिकारी विशाल तामाङले जानकारी दिनुभयो ।

[sidebar name="button post"]