पछिल्लो २४ घण्टामा देशभर २ हजार ५७१ जनालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । ९६७ जना क्वारेन्टिनमा रहेका छन् । २४ घण्टामा १ हजार ७९८ जना संक्रमणमुक्त भएपछि निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।
यस्तै १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १२६ पुगेको छ ।
[sidebar name="button post"]









