देशभर शनिबार थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५५ हजार ११४ पुगेको मन्त्रालयले जनाएको छ।
देशभर शनिबार थप १७ जना मृतकमा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।
[sidebar name="button post"]











