Ad #144479

कैलालीबाट भारतमा बेच्नका लागि लैजान लागिएका ३ जना किशोरीको उद्धार गरिएको छ । धनगढी बसपार्कबाट उनीहरुको उद्धार गरिएको हो । १७, १८ र १९ बर्षीया किशोरीको गएराती उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरु सर्लाही र सिन्धुलीका किशोरी हुन् ।

त्रिनगर नाका हुँदै भारत पु¥याउन लागिएको सूचनाका आधारमा प्रहरीले किशोरीको उद्धार गरेको हो । उद्धारपछि उनीहरुलाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ । किशोरीलाई बेच्न लैजाने र होटलमा राख्ने सञ्चालकलाई पनि क्राउ गरेर अनुसन्धान शुरु गरिएको छ ।