Ad #144479

नेपालमा थप ३ हजार ३०९ जनामा संक्रमित थपिएका छन् । पछिल्लो चौबिस घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ हजार ३ सय ९ जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्तकको संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमित कूल मृत्तकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर ३६ हजार ९११ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण भएको छ।