प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुनै हालतमा राजीनामा नदिने दोहोर्याएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओली फेरि राजीनामा नदिने दोहोर्याएका हुन् ।
उनले आफूले राजीनामा दिँदा देश बर्बादीमा जाने बताएका छन् । आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको दाबी ओलीको छ । उनले आफूलाई हटाउन धेरै प्रयासहरु भइरहेको संकेत पनि गरे। अहिले पनि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल आफूलाई हटाउन लागेको ओलीले घुमाउरो पारामा बताएका छन् ।
पहिला प्रचण्ड, वरिष्ठ नेता ओली, झलनाथ खनाललगायतका नेताहरु केपी ओलीको विरुद्धमा एक थिए । तर अहिले विशेषत प्रम ओली र प्रचण्डको वीचमा बढी तनाव देखिन्छ भने माधवकुमार नेपाल तुलनात्मकरुपमा मौन छन् । तर ओली र अन्य नेताहरुको विचमा विवादका विषयहरु भने चाँग लाग्दै गएका छन् । तर उनले दाबी गरेजस्तो ठूलो कदम चाल्ने कार्य ओलीका लागि त्यति सहज भने देखिँदैन ।












